समाज

दुई मोटरसाइकल एकापसमा ठोकिँदा दुईको मृत्यु, तीन गम्भीर घाइते

कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आज (बुधबार) भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नं-४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नं-३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए।

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए।

दुवै जनाको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो। दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका-४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं-३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन्।

घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८१ २३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App