समाज

कपडा पसलमा आगलागी हुँदा करिब १ करोडको क्षति

विराटनगर महानगरपालिका–७ जैन भवन नजिकै बुधबार बिहान एक कपडा पसलमा आगलाी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ।

दीपक कायस्थको घरको भुइँ तलामा विराटनगर–६ का सन्तोष रौनियाले सञ्चालन गरेको कपडा पसलमा बिहान साढे ४ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार आगलागीबाट पसलमा रहेका सबै कपडाहरु जल्दा करिब १ करोडको क्षति भएको अनुमान गरिएको छ।

आगलागीको कारण खुल्न नसकेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन अनुसन्धान भइरहेको छ। आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ। विराटनगरको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।’

त्यस्तै, मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवामा आगलागी हुँदा एउटा घर जलेको छ। बिहान साढे ४ बजेतिर पार्वती खड्काको घरमा आगो लाग्दा पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ। 

आगलागीबाट घरसहित भित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन सबै जलेर ध्वस्त भएको डिएसपी बस्नेतले बताए।

आगलागीबाट करिब ४ लाख मूल्य बराबरको क्षति भएको छ भने आगलागीको कारण खुल्न सकेको छैन। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: २ आश्विन २०८१ २३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App