समाज

पूर्वमन्त्री शर्मालाई पितृशोक

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई पितृशोक परेकाे छ।

शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा बुधबार निधन भएको हाे।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो। उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ।

शर्माको पार्थिव शरीर बुधबार साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि बिहीबार बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए।

शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो। नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी निवृत्त शिक्षक पनि हुन्। उनका चार छोरी र एक छोरा छन्। 

प्रकाशित: २ आश्विन २०८१ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App