समाज

संविधान दिवसको पूर्वसन्ध्यामा बजार सरसफाइ

संविधान दिवसको पूर्वसन्धयामा कालीकोटको सदरमुकाम मान्म बजार सरसफाइ गरिएको  छ।

कालीकोटस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज लगायतको संयुक्त संयोजनमा जिरो पइन्टदेखि मान्म बजार हुँदै प्रतिमा चोक क्षेत्रमा सरसफाइ गरिएको हो।

सरसफाइमा सबै सुरक्षा निकाय,सरकारी कर्मचारी र नागरिक समाजको उपस्थिति रहेको थियो।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले संविधान दिवसका अवसरमा बजार  सरसफाइ आयोजना गरिएको बताउँदै बजार सरसफाइ र संरक्षण सबैको दायित्व भएको बताए।

बजार सरसफाइ गरिएको र अन्य कार्यक्रम पनि रहेको जिल्ला समन्वय सिमिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले बताए।

संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ।

प्रकाशित: २ आश्विन २०८१ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App