समाज

लागूऔषधसहित युवा पक्राउ

नेपालगञ्‍जबाट सुर्खेत गाडी चढेर आएका एक यूवालाई सुर्खेत प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ का पदमबहादुर शाही सुब्बाकुना प्रहरी पोष्टमा सुरक्षा जाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।  

लागुपदार्थ ओसारपोसार गरेको सुचना आएपछि खटिएको प्रहरीले खोजतलास गर्दा शाहीबाट ७.७१० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो, नाईट्रोभ्याट १ पत्तामा ९ टयाब्लेट, ट्रामाडोल २ पत्तामा २० ट्याब्लेट बरामद गरेको सुर्खेत प्रहरीले जनाएको छ । 

उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३१ भाद्र २०८१ १६:५० सोमबार

#drugs