समाज

बालिकाहरुको बौद्धिक विकासमा टेवा पुगेको छ: स्वामी महाराज

देवघाट धाममा रहेको राम जानकी बालिका आश्रम सञ्चालन गरिरहेको लोक कल्याण सेवा प्रतिष्ठानले आफ्नो १४ औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ। 

आइतबार काठमाडौंको मित्रपार्कमा प्रतिष्ठानले १४औ वार्षिक साधरणसभा सम्पन्न गरेको हो। साधरणसभामा प्रमुख अतिथी शान्तिधामका पिठाधिश १००८ स्वामी चतुर्भुजाचार्य चुडामणी महाराज रहेका थिए। कार्यक्रममा उनले संस्थाले स्थापनाकालदेखि नै बालिका आश्रम सञ्चालन गरेर छोरीहरुको सम्मानमा संस्था लागेको भन्दै प्रशंसा गरे।

उनले आश्रममा प्रदान गरिने आध्यात्मिक ज्ञानले बालिकाहरुको बौद्धिक विकास हुनुको साथै समाजमा सकारात्मक सन्देश गएको बताए। संस्थाले १०८ भागवत लगाउने संकल्पले समाजमा धार्मिक जागरण छरेको समेत उनको भनाइ छ।

कार्यक्रममा विशिष्ठ अतिथि रहेका बागमती प्रदेश सभा सदस्य समिता खड्कीले प्रतिष्ठानले बालिका आश्रम सञ्चालन गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै यसले सन्तानबिचको विभेद चिर्ने पनि सहयोग पुगेको धारणा राखेँ।

प्रतिष्ठानका अध्यक्ष सावित्री टन्डन (नेपाली माता) को अध्यक्षतामा सम्पम सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ९ का जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरु उपप्राध्यापक लक्ष्मण सुवदी , डा. राम आर्चाय, डा. राजेन्द्र रेग्मी , सेवा प्रतिष्ठानका आजिवन सदस्यहरु लगायतको उपस्थिती रहेको थियो।

यस्तै कार्यक्रममा बालिका आश्रमका बालिकाहरुले स्वतीवाचन ,स्वागत नृत्य लगायतको प्रस्तुती प्रस्तुत गरेका थिए। सो अवसरमा संस्थाका महासचिव रामेश्वर खनालले वार्षिक प्रतिवेदन तथा सुनिता लोककल्याणीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।  

कार्यक्रमको सहजीकरण निलम लोककल्याणीले गरेकी थिइन्। काठमाडौंमा वि।स २०६८ सालमा स्थापना भएको लोक कल्याण सेवा प्रतिष्ठानले देवघाटधाममा बालिका आश्रम सञ्चालन गरिरहेको छ। आश्रममा हाल ३१ जना बालिकाहरु रहेका छन्।

उनीहरु शिशु कक्षादेखि स्नातकसम्म विभिन्न विद्यालय र कलेजमा अध्ययन गरिरहेका छन्। आश्रमममा रहेका ५१ जना बालिकाहरुको पारिवारिक पूर्नमिलन समेत आश्रमले गराएको अध्यक्ष नेपाली माताले जानकारी दिइन्।

प्रकाशित: ३१ भाद्र २०८१ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App