समाज

टुँडिखेल वरिपरि चल्ने सवारीलाई वैकल्पिक रुट प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

फाइल तस्बिर

उपत्यका ट्राफिक प्रहरी कार्यालयले टुँडिखेल वरिपरिको सडक खण्ड हुँदै चल्ने सवारी साधनहरूलाई वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ।

वसन्तपुर क्षेत्रमा विभिन्न सडक खण्डबाट प्रवेश गर्ने सवारी साधनलाई डाइभर्सन गरी चलाइएको बताउँदै प्रहरीले वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको हो।

इन्द्रजात्राको अवसरमा काठमाण्डौको वसन्तपुरका भित्री क्षेत्रमा उपाकु यात्रा भइरहेकाले वसन्तपुर क्षेत्रमा विभिन्न सडक खण्डबाट प्रवेश गर्ने सवारी साधनलाई डाइभर्सन गरिएको पनि ट्राफिक प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० भाद्र २०८१ १७:२५ आइतबार

#Metropolitan Traffic Police Division