समाज

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेको पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ।

पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङले लोकार्पण गरेका हुन्।

पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरुङले बताए।

पुस्तकका लेखक तुलमान गुरुङले गुरुङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताए।

यसैबिच तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ।

गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको सङ्ख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरुङले बताए।

ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गत वर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो। - रासस

प्रकाशित: ३० भाद्र २०८१ १०:५२ आइतबार

# Gurung Bhasa # Class sanchalan # Prabhabkari sikai