समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः वैदेशिक यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाई राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ। व्यापार, व्यवसाय गर्नेलाई दिन राम्रो छ। रमाइलो जमघटमा सहभागी हुनुपर्नेछ।

वृष राशिः नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। उन्नति प्रगति हुने दिन छ। विद्यार्थीलाई पढाइमा मन बढ्ने छ। चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

मिथुन राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। सामाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा सामान्य वैचारिक मतान्तर हुनसक्छ। यात्रा गर्नैपर्दा बिहानै गर्नु होला। धार्मिक कार्य गर्नु शुभ छ।

कर्कट राशिः विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ । स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। व्यवसायमा अर्थ प्राप्तिको समय छ। कार्यमा रूचि बढ्ने देखिन्छ।

सिंह राशिः आज शुरू भएको कार्य शुभ हुनेछ। मानसम्मान प्राप्त हुने योग छ। आफन्तहरूसँग रमणीय भेटघाट हुनेछ। व्यापारव्यवसायमा वृद्धि कम हुने देखिन्छ। अध्ययनार्थीका लागि पढाइमा रूचि बढ्ने छ।

कन्या राशिः तरल व्यापारको काम आरम्भ गर्नु होला। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। गृह निर्माणको योग छ। राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

तुला राशिः मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै कार्य स्वः आरम्भ गर्नु होला। अध्ययनमा सफलता मिल्ने छ। उद्योग, कला क्षेत्रमा मध्यम फल छ।

वृश्चिक राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी योग छ। अग्रजबाट काम गरेमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ।

धनु राशिः भूमि लाभको योग कम छ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रूचि बढ्ने छ। पारिवारिक सदस्यहरूसँग सुमधुर सम्वन्ध देखिन्छ। आर्थिक लाभ मध्यम हुने दिन रहेको छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। मिष्ठान्न भोजनमा सहभागी हुनुपर्ने दिन छ।

कुम्भ राशिः वाणी प्रभाव बढ्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। समाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ। आफन्तरूबीच प्रेम सद्भाव बढ्ने छ।

मीन राशिः विद्या अध्ययनमा रूचि बढ्ने छ। व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमी नहुने छ। यात्राको योग देखिन्छ। स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ। 

प्रकाशित: ३० भाद्र २०८१ ०६:२५ आइतबार

# Rashifal # Dhanu rashi