समाज

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्बिरहरू)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

ललितपुरको कुपण्डोलमा शनिबार दिउँसो सडक भासिएको छ। करिब २ बजेतिर पाटन ढोकातर्फ जाने र पुल्चोकतर्फ आउने सडकको बीचमा रहेको पार्क नजिक सडक भासिएको हो।

सडक मुनिबाट मेलम्चीको पानीको पाइप फुटेर सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ। सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ। कुपण्डोल क्षेत्रमा ठूलो जाम भएको छ।

सवारी व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगर प्रहरीको टोली घटनास्थलमा खटाइएको छ।  पानीको बहावका कारण केही सवारी लड्न पुगेका थिए। अहिले बगिरहेको पानी भने रोकिएको छ।

वर्षायाममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक भासिने गरेको छ।

तस्बिरहरू: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २९ भाद्र २०८१ १५:५८ शनिबार