समाज

ओरियन्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

ओरियन्टल इन्स्योरेन्स कम्पनीले आफ्नो ७८औं स्थापना दिवस मनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलगायत कार्यक्रम आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको हो।

ओरियन्टल इन्स्योरेन्सको काठमाडौंस्थित डिल्लीबजार चारखालमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीलगायत कम्पनीका कर्मचारी र अन्य संस्थाका उच्च पदाधिकारीको उपस्थितिमा रक्तदान सम्पन्न भएको छ। करिब १५० जनाले रक्तदान गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षणसमेत गराएका छन्।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चक्रवर्तीले सम्पूर्ण बिमित, कर्मचारी र विभिन्न क्षेत्रबाट आएका पाहुनालाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

साथै कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत शिरसा मारजोलाले पनि बिमा सुरक्षा अपनाउँदै बिमा सरिक हुन अपरिहार्य रहेको बताउँदै बिमित र सम्पूर्ण नेपाली नागरिकलाई बधाई तथा शुभकामना ज्ञापन गरिन्।

प्रकाशित: २९ भाद्र २०८१ ०७:२२ शनिबार

#Oriental Insurance Company #BloodDonation