समाज

जडीबुटीकाे बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूको प्रदर्शन

काठमाडौँस्थित जडीबुटीको बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूले प्रदर्शन गरेका छन्। 

शुक्रबार दिउँसो व्यवसायीहरूले बित सडकमै ट्याक्सी तेर्साएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनले गर्दा भक्तपुरतर्फबाट आएका सवारीहरू उतै रोकिएका छन् भने काठमाडौँबाट भक्तपुरतर्फ जाने सवारी जान सकेका छैनन्।

व्यवसायीहरूले विभिन्न राइड सेयरिङ एपहरूले यात्रुहरू जबरजस्ती लाने र कतिपयले अफलाइन यात्रुहरू बोक्ने गरेको भन्दै प्रदर्शन गरेको बताएका छन्। 

प्रकाशित: २८ भाद्र २०८१ १३:३८ शुक्रबार

#taxi #Jadibuti