समाज

यशोदाको अन्तिम विदाईमा रसाएका आँखा

काठमाडौं- कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

लामो समयदेखि क्यान्सरबाट पीडित उनको सोमबार राती ६७ वर्षको उमेरमा निधन भएको थियो। यशोदालाई अन्तिम श्रद्धान्जली दिन कलाकर्मी तथा शुभचिन्तकहरु पशुपति पुगेका थिए। आर्यघाटमा श्रद्धाञ्जली दिँदै गर्दा मदनकृष्ण श्रेष्ठ भक्कानिएका थिए। उनलाई अर्का कलाकार हरिवंश आचार्यले सम्हाल्दै चिताको परिक्रमा गराएका थिए। भावुक यो दृष्यले आर्यघाटमा उपस्थित अन्य कलाकर्मी र शुभचिन्तकका आँखा समेत रसाएका थिए।

तस्बिर : दिपेन्द्र रोक्का

 

यशोदाको अन्तिम विदाईमा रसाएका आँखा