समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः व्यापारमा उन्नति प्रगति हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। सामान्य नेत्र रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने  छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ।

वृष राशिः अध्ययन र अध्यापनमा सफलता मिल्ने छ। व्यवसायमा शुभ भेटघाट हुने र केही अर्थ व्ययको योग छ। दाम्पत्य एवं पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ। पराक्रमबाट कार्यसिद्धिमा ढिला हुनेछ।

मिथुन राशिः व्यवसायमा लगानी गरेमा केही फल प्राप्त हुनेछ। विलासी कार्यमा विचार पुर्याउनु होला। हल्का धन खर्च हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। धार्मिक दानमा रुचि बढ्ने देखिन्छ।

कर्कट राशिः वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। विलासी कार्यमा रुचि नलिनु राम्रो छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार ब्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।

सिंह राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापारव्यवसायमा राम्रो फल प्राप्त हुने योग छ। नवीन कार्यसिद्धिमा सामान्य लाभ छ। स्वरोजगारीको अवसर मिल्ने समय छ।

कन्या राशिः विलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ।

तुला राशिः आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। यात्रा गर्दा दिनको प्रारम्भमै गर्नु होला। राजनीतिक क्षेत्रमा केही सफलता मिल्नेछ। अध्ययनमा सफलता मिल्ने छ। सामाजिक कार्यमा राम्रो छ। वाणी सफल हुने योग छ।

वृश्चिक राशिः विदेश यात्राको योग रहेको छ। कार्य गर्दा विचारपूर्वक गर्नुहोला। व्यापारको क्षेत्रमा प्रवेश गर्नु राम्रो छ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा अर्थ आर्जन हुने दिन देखिन्छ।

धनु राशिः विलासी कार्यमा रुचि नलिनु राम्रो छ।राजनीतिमा सफलता मिल्नेछ। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन रहेको छ। उन्नतिप्रगति मध्यम हुने दिन छ। व्यापारमा फल प्राप्त हुनेछ।

मकर राशिः स्वास्थ्यमा केही विकार आउने र अर्थ व्यय देखिन्छ। व्यवसाय गर्नेलाई दिन मध्यम छ। दाजुभाइको संयुक्त कार्यमा सफलता मिल्नेछ। प्रयास गर्दा वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ।

कुम्भ राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। पठन पाठनमा दिन मध्यम छ। शैक्षिक क्षेत्रमा व्यय बढ्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नयाँ कार्यसिद्धि हुने योग छ।

मीन राशिः सामाजिक सम्मान मिल्ने छ। नवीन कार्यमा लाभ हुने दिन छ। पढाइमा कार्यसिद्धि योग छ। अरुको सहयोग नलिइ कार्य गर्नु होला। सामान्य अल्परोग देखापर्न सक्ने छ। व्यापारमा शुभ देखिन्छ।  

प्रकाशित: २८ भाद्र २०८१ ०६:२३ शुक्रबार

# Rashifal # carkat rashi