समाज

चितवनमा बाँदर धपाउन गएका युवक बन्दुक पड्केर घाइते

फाइल।

चितवनमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक युवक घाइते भएका छन्।

हिजो (बुधबार) खेतमा मास खाइरहेको बाँदर धपाउन गएका भरतपुर महानगरपालिका–२९ का २३ वर्षीय पासाङ भुजेल बन्दुक पड्केर घाइते भएका हुन्।

बाँदर धपाउने क्रममा चिप्लेर लड्न पुग्दा आफूले बोकेको बन्दुक पड्किन पुगेको प्रहरीले जानकारी दिएको छ। घाइते भएका भुजेलको शरीरको विभिन्न भागमा छर्रा रहेका छन्। उनको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

यस्तै, बरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। भरतपुर-२९ स्थित बिनीडाँडाका कुमार गुरुङलाई आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै, भरतपुर-२९ सिरुबारीको झाडीमा अर्को बरुवा बन्दुक समेत बरामद गरिएको चितवन प्रहरीले जानकारी दिएको छ। एउटै घट्नाको अनुसन्धान गर्दै जाँदा अर्को हरियार फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २७ भाद्र २०८१ १९:४९ बिहीबार