समाज

बसमा सिटभन्दा बढी यात्रु नचढाउन सर्वोच्चको आदेश

चाडबाड नजिकिँदै जाँदा सर्वोच्च अदालतले यातायातका साधनमा रहेको सिट क्षमता भन्दा बढी यात्रु नचढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायााधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सवारीभित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनसमेत मंगलबार आदेश गरेको हो । 

टंकप्रसाद भट्टराईसमेतले सार्वजनिक यातायात सुरक्षामा ध्यान दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । 

सर्वोच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ को व्याख्या गर्दै भनेको छ, ‘निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनू, सवारीभित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनू ।’ 

साथै उच्च वाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठूलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउनसमेत सर्वोच्चले आदेश गरेको हो । 

प्रकाशित: २७ भाद्र २०८१ १५:०९ बिहीबार

#Dashain #Supreme-Court