समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः भूमि क्रय र गृह निर्माणको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ।व्यवसायको लगानीबाट प्रतिफल मिल्न केही बाधा छ। बाथ रोग देखापर्न सक्ने छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

वृष राशिः व्यापार वा आफन्तबाट धन प्राप्त हुनेछ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। पराक्रमबाट कार्यसिद्धि देखिन्छ। अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मिथुन राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। काममा मतभिन्नता हुन सक्ने हुँदा, जोगिनु होला। स्वदेश यात्राको योग रहेको छ। साथीहरूबाट केही धन खर्च हुने योग देखिन्छ। व्यापार व्यवसायमा शुभ नै देखिन्छ।

कर्कट राशिः विदेश यात्राको योग रहेको छ। अध्ययन, लेखनमा शुभ छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः वाणी प्रभाव वढ्ने छ। सामान्य रोग देखापर्नेछ। विद्या अध्ययनमा रुचि बढ्ने छ। उद्योगको आर्थिक लगानीमा फल कम छ। धार्मिक फल प्राप्त हुने दिन रहेको छ। यात्रा गर्दा विचार गर्नु होला।

कन्या राशिः पढाइमा समय राम्रो छ। यात्रामा शुभ फल प्राप्त योग छ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। मध्यम उन्नति हुने दिन देखिन्छ। चर्मरोग देखापर्न सक्ने छ। काम गर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ।

तुला राशिः व्यवसायमा अर्थ प्राप्तिको समय छ। परिवारमा माया, प्रेम सद्भाव रहनेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

वृश्चिक राशिः वर्तमान कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। मित्रसँग वैचारिक मिलापको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। स्वास्थ्यमा सामान्य विकार आउने देखिन्छ। समाजिक सम्मान मिल्ने छ।

धनु राशिः पारिवारिक सदस्यहरूबीच मिष्ठान्न भोजन र वार्तालापले मन प्रशन्न हुनेछ। अध्यापन, लेखनमा सफलता मिल्ने योग छ। व्यापारको राम्रो फल प्राप्त हुने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः धार्मिक कार्य गर्नु शुभ छ। पढाइमा रुचि बढ्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापारव्यवसाय गर्नेलाई दिन राम्रो छ। परिवारमा केही धन खर्च हुने योग देखिन्छ। ठूला कार्यमा हात नहाल्नु होला।

कुम्भ राशिः यात्रा गर्दा दिनको सुरुमै गर्नु होला। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।व्यापार व्यवसायमा आंशिक फल प्राप्तिको योग छ। नयाँ कार्यमा केही बाधा आउने  छ।

मीन राशिः सहयोग नलिइकन कार्य आरम्भ गर्नु होला। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। व्यवसायमा मध्यम हुने दिन छ।

प्रकाशित: २७ भाद्र २०८१ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App