समाज

भोटेबहालको एक गेष्ट हाउसमा पुरुषको शव फेला

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ।

सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शव पोष्टमार्टमका लागि पठाइएको र सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८१ २०:४० मंगलबार