समाज

‘भ्रष्टाचारको चपेटामा देश’ सार्वजनिक

देश लुटेर खानेहरू मोनमस्ती गर्दैछन्

गरिब दुखी जनाताहरु भोक भोकै मर्दैछन्

‘भ्रष्टाचारको चपेटामा देश’ नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाले म्युजिक भिडियो सार्वजनिक गरेको हो।

फाउन्डेसन लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छ। अभियान अन्र्तगत नै उक्त म्युजिक भिडियो बनाइएको फाउन्डेसनका संरक्षक सरिता पाठकले बताइन्।

त्यसअवसरमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राखिन्।

हेम पाठकको रचना रहेको गीतमा कुन्ती मोक्तान र शिशिर योगीले स्वर दिएका छन्। साथै बिबि अनुरागीको सङ्गीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन्।

कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार गर्नेलाई सामाजिक रुपमै बहिस्कार गर्नुपर्ने बताए। कलाकार किरण केसीले भ्रष्टाचार गर्नेलाई कुनै पनि प्रतिष्ठामा राख्न नहुने धारणा राखे।

प्राडा सुरेन्द्र केसीले भ्रष्टचार निर्मुल गर्न नीतिगत सुधार ल्याउन आवश्यक रहेकोमा जोड दिए।नेता रविन्द्र मिश्रले भ्रष्टाचारलाई जरैदेखि उखेल्न नागरिक सचेत हुन जरुरी रहेको बताए।

प्रकाशित: २५ भाद्र २०८१ २०:०४ मंगलबार