समाज

सुनसरीको शिसौलीघाटबाट २ सय ४५ किलो गाँजा बरामद

सशस्त्र प्रहरीले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ किलो गाँजा बरामद गरेको छ।

सप्तकोशी नदि हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युव सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।

बरामद गाँजा र ट्युब आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

प्रकाशित: २५ भाद्र २०८१ ११:१६ मंगलबार