समाज

कार्यालय सहयोगी उत्कृष्ट कर्मचारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। निजामती सेवा दिवस २०८१ का अवसरमा जिल्लाको उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको हो।

कार्यालय सहयोगी रामविश्वास चौधरीलाई एक कार्यक्रमबिच पुरस्कृत तथा सम्मानित गरिएको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उत्कृष्ट कर्मचारी चौधरीलाई पाँच हजार रूपैयाँ नगदका साथै कदरपत्रले सम्मानित गरेका छन्।

कर्मचारीको मनोबल बढाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय सर्लाहीले यस वर्षबाट कार्यालयका उत्कृष्ट एकजना कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गर्ने कार्यको सुरुवात गरेको हो।

पुरस्कृत भएपछि चौधरीले आफूले इमानदारीपूर्वक गरिरहेको सेवाले सार्थकता पाएको र आफ्नो मूल्यांकनले आफू द्रविभूत भएको बताएका छन्। कार्यालय सहयोगी चौधरी जिल्ला प्रशासन कार्यालयमा निकै सहयोगी भावनाका इमानदार कर्मचारी भएको भन्दै प्रशंसा पनि गरिएको छ।

प्रकाशित: २५ भाद्र २०८१ ०९:५० मंगलबार

#Excellent staff #office assistant