समाज

अरिङ्गालले चिलेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु

चारदिन अघि अरिङ्गालले चिल्दा घाइते भएका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमवार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो।

उनलाई चारदिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालले चिलेको थियो। अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो। त्यहाँपनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

दीपेनलाई ५०–६० वटा अरिङ्गालले चिलेको थियो।

प्रकाशित: २५ भाद्र २०८१ ०९:२४ मंगलबार