समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशि: वैदेशिक यात्राको योग रहेको छ। विद्यार्थीहरुको लागि पढाइ राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ। व्यापार गर्नेहरुलाई भने आय कम छ। रमाइलो जमघटमा सहभागी हुनुपर्ने छ।

वृष राशिः विद्यार्थीलाइ पढाइमा सफलता मिल्ने छ। चर्म रोगको समस्या देखिई स्वास्थमा बाधा आउन सक्छ। व्यवसायमा सामान्य व्यय देखिन्छ। नविन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ । राजनीतिमा सफलता मिल्नेछ।

मिथुन राशिः धार्मिक कार्य गर्नु शुभ छ। यात्रा गर्नै पर्दा दिनको पुर्वाद्र्धमै गर्नु होला। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा वैचारिक एकता हुने छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

कर्कट राशिः शैक्षिक यात्राको योग छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पुरानो धन ढिलो आउने देखिन्छ। व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय मध्यम छ। नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा मध्यम वृद्धि हुने देखिन्छ। आफन्तहरुसँग रमणीय भेटघाट हुने छ। अध्ययनार्थीहरुका लागि पढाइमा रुचि बढ्ने छ। सबारी साधनमा हिड्दासतर्क रहनु हाला। सम्मान प्राप्त हुने योग छ।

कन्या राशिः वाणी प्रभाव बढ्ने योग छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। अपरिचित व्यक्तिहरूबाट व्यय हुन सक्ने छ। विलासीसम्बन्धी व्यापारको काम आरम्भ नगर्नु होला। सवारी साधन क्रयको योग छ।

तुला राशिः अध्ययन र कला क्षेत्रमा दिन राम्रो  छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग नलिइ आफै कार्य आरम्भ गर्नु होला। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ।

वृश्चिक राशिः अग्रजबाट कार्य शुरु गरेमा फल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा र जग्गासम्वन्धी काममा केही बाधा योग छ। नेत्रमा सामान्य विकार आउने देखिन्छ। आर्थिक लगानि गर्न मिल्ने दिन छ।

धनु राशिः वाणी प्रभाव बढ्ने छ। आर्थिक लाभ हुने दिन रहेको छ। विद्यार्थीहरुका लागि अध्ययनमा रुचि बढ्ने छ। जीवनसँगिनीसँग सुमधुर सम्वन्ध,प्रेम,सद्भाव रहने छ। पारिवारमा भूमि लाभको योग छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्य सिद्धि हुने छ । व्यवसायीक धनमा केही व्यय र अर्थसञ्चयमा बाधा हुने छ। भाइहरुबीच प्रेम सद्भाव रहने छ।

कुम्भ राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। समाजिक सम्मान र पद मिल्ने छ।

मीन राशि: नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा छ। विद्या अध्ययनमा रुचि बढ्ने छ।           

प्रकाशित: २५ भाद्र २०८१ ०६:४३ मंगलबार

# Min rasi # carkat