समाज

जुम्लामा आगलागीबाट तीन वर्षीया बालिकाको मृत्यु

जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्ती गाउँमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय कालीबहादुर रावतकी छोरी आरोसी रावतको आगलागीबाट मृत्यु भएको हो।

सोमबार साँझ ५:२० बजेतिर मिलढुस्का भन्ने ठाउँमा काठ र त्रिपालले बनाइएको अस्थायी टहरामा खाना पकाउने क्रममा आगलागी भएको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दका अनुसार आगलागीको खबर ६ बजे स्थानीयहरूले प्रहरी चौकी ताम्तीमा दिएपछि तत्कालै प्रहरी सहायक निरीक्षक मदन सिंह बोहराको नेतृत्वमा चार जना प्रहरी जवान घटनास्थलतर्फ खटिएका थिए।

त्यस्तै, प्रहरी कार्यालय जुम्लाबाट पनि सूचना अधिकारी चन्दको कमाण्डमा ७ जनाको टोली पठाइएको थियो। प्रहरीका अनुसार आगलागीमा परी बालिका जलेको अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा पुगेका प्रहरी टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको छ।

प्रकाशित: २४ भाद्र २०८१ २१:१३ सोमबार