समाज

प्रधान सेनापति सिग्देलद्वारा पदबहाली

प्रधान सेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जङ्गी अड्डामा पद बहाली गरेका छन्।

यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो।

त्यसैगरी, उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए। विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए।

गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रकाशित: २४ भाद्र २०८१ २१:०५ सोमबार