समाज

नागढुंगा सुरुङ्गमार्ग नजिकै पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

नागढुंगा सुरुङ्गमार्ग नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो पहिरो खसेपछि काठमाडौं भित्रने र बाहिरिने सवारी साधन ठप्प भएका छन्।

माथिबाट खसेको लेदेसहितको पहिरोमा परी एक जिप समेत फसेको छ। फसेको जिपलाई निकाल्न सुरुङमार्गमै रहेकाे मेसिनको प्रयाेग गरिएकाे छ। प्रहरीका अनुसार पहिरोले दुवैतर्फको यातायात पूर्ण रूपमा अवरुद्ध गरेको छ।

“पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ।” केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भने।

अहिले पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८१ १८:२८ सोमबार