समाज

आकस्मिक अवतरण गराइएको श्री एयरलाइन्सको विमान नियमित

त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ।

आज बिहान ८ बजे श्री एयरलाइनसको श १२१ विमान सुर्खेतका लागि उडेको थियो। जहाजमा प्राविधिक समस्या देखिए पछि तत्काल चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका थिए।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो। विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

यो श्रीको पहिलो उडान थियो। अहिले उडान अवतरण सामान्य भएको छ।

कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ।

प्रकाशित: २४ भाद्र २०८१ ०९:३६ सोमबार