समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः वैदेशिक यात्राको योग देखिन्छ। वाणी प्रभाव बढ्ने छ। शेयर सम्बन्धी क्षेत्रमा सफलता मिल्ने छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। व्यवसायमा व्यय गरेमा उचित लाभ प्राप्त हुनेछ।

वृष राशिः मन प्रसन्न हुनेछ। वौद्धिक्ताको वृद्धि हुने र धन सन्चित हुने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापन र लेखनमा सफलता मिल्ने छ। समाजिक पद र सम्मान मिल्ने छ।

मिथुन राशिः अध्ययनमा सफलता मिल्ने योग छ। नेत्रसम्वन्धी सामान्य विकार आउने देखिन्छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ।

कर्कट राशिः आफै कार्य आरम्भ गरे, फल प्राप्त हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। नयाँ काममा फल प्राप्तिको समय छ। धन खर्च हुने योग छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ।

सिंह राशिः रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। पढाइ, व्यापार व्यवसाय गर्नेहरुलाई भने दिन राम्रो छ। होस् पुर्‍याएर कार्य गर्नुपर्ने देखिन्छ नत्र धन खर्च हुने समय छ। स्वास्थ्यमा केही धन व्यय हुने समय छ।

कन्या राशिः नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाइ राम्रो छ। कर्णरोग देखिइ स्वास्थमा बाधा आउन सक्छ। यात्रा गर्नु पर्दा पूर्वाद्र्धमै गर्नु होला। व्यवसायमा लाभ देखिन्छ।

तुला राशिः विद्यार्थीका लागि पढाइको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। सामान्य मतान्तर हुन सक्ने हुँदा त्यसबाट बच्नु होला। रोगले दुःख दिन सक्छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

वृश्चिक राशिः व्यवसाय र पढाइमा फल प्राप्तिको समय छ। वैचारिक मिलापको योग छ। विदेश यात्राको योग रहेको छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। धार्मिक कार्यमा रुची बढ्ने छ। शुभयात्राको योग रहेको छ।

धनु राशिः स्वास्थमा सुधार आउने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। व्यापार यात्रामा फल प्राप्त योग छ। आफ्नो धन आउने समय छ। सम्मान प्राप्त हुने समय छ। व्यवसायमा वृद्धि हुने देखिन्छ।

मकर राशिः जग्गासम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विलासी सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक पढाइको समय छ। जग्गा सम्वन्धी आर्थिक लाभ हुने दिन छ।

कुम्भ राशिः काम गर्दा विचार पराक्रमबाट कार्यसिद्धि हुनेछ। विद्यार्थीका लागि पढाई दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। उन्नतिशील समय छ। सामान्य आर्थिक लाभ हुने दिन रहेको छ।

मीन राशिः अध्ययनको क्षेत्रमा शुभ फल प्राप्त होला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा राम्रो फल प्राप्त हुने छ। सामान्य रोग देखा पर्न सक्ने छ। स्वकार्य बाधा  हुन सक्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

प्रकाशित: २४ भाद्र २०८१ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App