समाज

नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन नदी किनारा आसपार ४० मिटर छाडेरमात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। 

सर्वोच्च अदालतले नदीको मापदण्ड पुरानोमा २० मिटर बढाएर कायम गरेपछि खारेजीको माग गर्दै काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको हो।

मापदण्ड खारेजीको माग गर्दै गोकर्णेश्वर नगरपालिकाका स्थानीयले जोरपाटीमा प्रदर्शन गरेका छन्। उनीहरुले फैसला खारेजीको आदेश जारी गर, गैर न्यायीक सडक मापदण्ड खारेज गर, जनतालाई घरबारविहीन बनाउन पाइँदैन, सार्वजनिक जग्गा र खोला अतिक्रमणकारीलाई कारबाही गर लगायत नारासहितका ब्यानर बोकेका थिए। 

र ​सर्वोच्चको आदेशलाई टेकेर काठमाडौं महानगरले पनि थप गरिएको २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने व्यवस्था गरेको छ।

सर्वोच्चले निजी सम्पतिमाथि अपरिपक्व फैसला गरेको भन्दै चर्को विरोध भइरहेको छ। सडकदेखि संसदसम्म यो विषय उठिरहेको छ।

प्रकाशित: २३ भाद्र २०८१ १३:२३ आइतबार