समाज

कोरोना बिमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट

कोरोना बिमाबापतको रकम भुक्तानी माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ।

यसअघि भएको सहमति अनुसार कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेको हो। संघले रिटमा रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेशको पनि माग गरेको छ।

कम्पनीहरूले कोरोना बिमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यसका लागि सरकारले पनि भुक्तानी दिएको छैन। कोरोना बिमा मापदण्ड अनुसार उक्त दायित्व सरकारको भएको संघको दाबी छ।

प्रकाशित: २३ भाद्र २०८१ १२:३८ आइतबार

#supreme court #Corona insurance amount