समाज

पर्यटन बोर्डमा जोशी नियुक्त

सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपकराज जोशीलाई नियुक्त गरेको हो।

जोशी पर्यटन बोर्डको सिइओको रूपमा दोस्रो पटक नियुक्त भएका छन्। जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको  बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। खुला प्रतिस्पर्धामा सहभागी २० जनामध्ये जोशी सिइओ छनोट भएका हुन्। २० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा निवर्तमान सिइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर महतो थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीसहितको नाम सिफारिस गरेको थियो। तीन जनाबाट मन्त्रालयले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित: २२ भाद्र २०८१ ११:२१ शनिबार

#Joshi appointed to Tourism Board