समाज

ताप्लेजुङको फुङलिङमा दुई ‘असल बुहारी’ सम्मानित

ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको छ। तीज पर्वको अवसरमा आयोजित कार्यक्रममार्फत नगरपालिकाले दुई असल बुहारीलाई सम्मान गरेको हो।

फुङलिङ नगरपालिकाले नगरपालिकाभित्र असल बुहारीको भूमिका निर्वाह गर्ने दुईजना गृहिणी महिलालाई दोसल्ला ओढाएर सम्मान सम्मान गर्नुका साथै सम्मानपत्र समेत बितरण गरेको थियो। सम्मानित हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका सीमा गौतम (अधिकारी) र गीतादेवी भट्टराई रहेकी छन्।

सम्मानित असल बुहारी सीमा र गीतादेवीलाई नगरप्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले संयुक्त रुपमा सम्मान गरेका हुन्।

असल बुहारीको भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको मूल्यांकन गरी उनीलाई सम्मान गरेको उपप्रमुख ओझाले बताइन्। 

प्रकाशित: २२ भाद्र २०८१ ०९:४४ शनिबार