समाज

खेवाङमा एक युवालाई अरिङ्गालले चिल्यो,अवस्था गम्भीर

अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालले चिल्दा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङको लुखुदिनका ३२ वर्षीय दीपेन लिम्बू गम्भीर घाइते भएका छन् ।

अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

दीपेनका दाजु गुणराज लिम्बूका अनुसार दीपेनलाई ५०–६० वटा अरिङ्गालले चिलेको थियो । अहिले अलैंची बगानमा अलैंची टिप्ने तथा बगान सफाइ र फाँडफुँड गर्ने समय हो । 

प्रकाशित: २१ भाद्र २०८१ १२:३८ शुक्रबार