धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। बुधवार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौडा गाउँमा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय दिलिप साहका ७ वर्षीय छोरा आयुश साह र उनका दुई साडुभाइका दुई छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र ९ वर्षीय आदित्यकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सागर कार्कीले बताए।
दिलिपको हजुरबुबा बितेको तेह्रौं दिनको किरियाको भोज चलिरहेको बेला ती बालकहरू विद्यालय छेउको पोखरीमा डुबेको वडाध्यक्ष गंगा साहले बताए।
तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रकाशित: २० भाद्र २०८१ ०७:३४ बिहीबार