समाज

तपाईंको आजको राशिफल

 मेष राशिः काम गर्दा विचार पुर्‍याएर गर्नुहोला। चर्म रोग देखापरी स्वास्थमा हल्का वाधा आउला। जग्गा सम्वन्धी काममा केही अर्थ प्राप्तिको योग छ। अग्रप्रयासमा नयाँ कार्यफल प्राप्त हुने देखिन्छ।

वृष राशिः अध्यनार्थीका लागि पढाइ, लेखाइमा रुची बढ्ने छ। स्वास्थ्यको विषयमा केही धन खर्च हुने समय छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। 

मिथुन राशिः भ्रमणको समय रहेको छ। यात्रा गर्नु पर्दा दिनको पुर्वाद्र्ध मै गर्नुहोला । रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। पढाइमा दिन शुभ नै छ।  मित्रसँग वैचारिक मिलापको योग रहेको छ। 

कर्कट राशिः उपलव्धिपूर्ण आर्थिक लाभ हुनेछ। पढाई र धार्मिक कार्यमा शुभ देखिन्छ। स्वदेश तथा विदेश यात्राको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसाय गर्नेलाई दिन मध्यम छ।

सिंह राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। साथीसँग सामान्य शुभ नै छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। स्वास्थमा सुधार आउने छ। वैदेशिक यात्राको योग देखिन्छ। आफन्तबाट धन आउने योग छ।

कन्या राशिः यात्रामा फल प्राप्त योग छ। पराक्रमले कार्यसिद्धि हुनेछ। बिलासी सम्बन्धी व्यापारको काम आरम्भ नगर्नु होला। स्वास्थ्यमा धन व्यय हुने समय छ। व्यापारिक लगानीहरु कम प्राप्त हुने देखिन्छ।

तुला राशिः सम्मान प्राप्त हुने समय छ। साथीहरुबाट खर्च हुने देखिन्छ। कृषिमा राम्रो फल प्राप्त हुने छ। अध्ययन, लेखनको क्षेत्रमा दिन राम्रो रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ।

वृश्चिक राशिः व्यापार व्यवसायमा व्यय देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु वेस हुन्छ। उद्योगमा आर्थिक लगानी गर्ने योग छ। शिर रोग देखा पर्न सक्ने छ। उन्नति प्रगतिले कम हुने दिन छ।   

धनु राशिः व्यापारमा दिन शुभ छ। वाणी प्रभाव वढ्ने छ। विद्यार्थीका लागि पढाईमा शुभ योग रहेको छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। केही धन सञ्चय हुनेछ। नयाँ जिम्मेवरी प्राप्त हुने योग छ।

मकर राशिः ज्ञान क्षेत्रमा मन लाग्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ । कर्णमा सामान्य असहजता आउने देखिन्छ। पराक्रमले कार्यसिद्धि हुनेछ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुनेछ।

कुम्भ राशिः अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ । पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। कपडा सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

मीन राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभ कम हुने दिन रहेको छ। भुमि लाभको योग छ। विद्यार्थीका लागि अध्ययनमा रुची बढ्ने छ। समाजिक सम्मान मिल्ने छ। वाणी सफल हुने योग छ।

प्रकाशित: १९ भाद्र २०८१ ०६:३४ बुधबार

#Rashifal