समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखापर्न सक्ने छ। साथीहरुबाट खर्च हुने देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

वृष राशिः सम्मान प्राप्त हुने योग छ। व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ।

मिथुन राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु वेस हुन्छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। जग्गासम्वन्धी काममा फल प्राप्तिको योग छ। अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। वैदेशिक यात्राको समय छ।

कर्कट राशिः अध्ययनमा मन बढ्ने छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नेत्रमा सामान्य विकार आउने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ।

सिंह राशिः सामाजिक पद र सम्मान मिल्ने छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। व्यवसायमा लगानी गरे श्रमको उचित लाभ प्राप्त हुने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या राशिः विद्यार्थीका लागि पढाइ र यात्राको योग रहेको छ। चर्म रोग देखापरी स्वास्थमा केही असहज महसुस होला। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग कम छ। वाणी प्रभाव बढ्ने छ।

तुला राशिः व्यवसाय गर्नेलाई दिन राम्रो छ। उन्नतिप्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा केही धन व्यय हुने समय छ। मातृलाई चर्म रोगको योग छ। नवीन कार्यमा हात हाल्नु राम्रो हुन्छ।

वृश्चिक राशिः भेटघाटमा सहभागी हुनु पर्नेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। धन आर्जन हुने योग देखिन्छ। यात्राको समय रहेको छ। कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा मन बढ्ने छ।

धनु राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ।  दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। आर्थिक लाभ हुने दिन रहेको छ। कार्यमा उन्नतिशील समय छ। भूमि लाभको योग छ। वैदेशिक यात्राको योग देखिन्छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। लामो यात्रामा प्रवेश नगर्नु होला। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। विद्यार्थीलाई पढाइमा रुचि बढ्ने छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

कुम्भ राशिः जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। स्वास्थमा हल्का सुधार आउने छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। आफन्तबाट धन आउने योग छ।

मीन राशिः वाणी प्रभाव बढ्ने छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। सन्चित धन खर्च हुने समय छ।

प्रकाशित: १७ भाद्र २०८१ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App