समाज

जुम्लामा चट्याङ लागेर ७१ वटा भेडा मरे

फाइल तस्बिर

जुम्लामा चट्याङ लागेर ७१ वटा भेडा मरेका छन्। शनिबार दिउँसो परेको चट्याङबाट ७१ वटा भेडा मरेका हुन्।

जुम्लाको पातारासी गाउँपालिका चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् भने तातोपानी गाउँपालिका- ४ का ६ जना किसानका १५ वटा भेडाहरू चट्यागंले गर्दा मरेका छन्।

शनिबार दिउँसो करिब पौने चार बजेतिर फुलचाउल्या पाटनमा परेको चट्यागंबाट ६ जना किसानका भेडा मरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको वडाध्यक्ष अमर रोकायाले बताए। चट्यांकबाट मानवीय क्षति नभएको उनको भनाइ छ।

पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६ वटा भेडा मरेको अस्थायी प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले बताए।

घटनाको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी तल्फीको टोली घटना स्थल तर्फ गई रहेको छ। त्यहाँ मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा पुगेर फर्केपछि मात्रै जानकारी हुनेछ।

प्रकाशित: १६ भाद्र २०८१ १७:३८ आइतबार