समाज

काठमाडौंमा वर्षाले ट्राफिक अस्तव्यस्त

काठमाडौंमा आइतबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौं र ललितपुरका पनि कतिपय स्थानमा भारी वर्षा भएको जानकारी गराएको छ।

बिहानदेखिको लगातार वर्षाले भने ट्राफिक व्यवस्थापनमा असर परिरहेको छ। अहिले काठमाडौंको टुँडिखेल क्षेत्र र पुतलीसडक क्षेत्रमा बढी ट्राफिक जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए।

उनले भने, 'पानी परेपछि अन्य दिनको भन्दा अलि बढी ट्राफिक जाम हुन्छ। आज बिहानैदेखि पानी परेकोले जाम भएको हो। त्योसँगै केही प्रदर्शनहरू पनि भइरहेका छन्। त्यसैले जाम बढेको छ। अहिले टुँडिखेल क्षेत्र र पुतलीसडक क्षेत्रमा बढी ट्राफिक जाम छ।'

प्रकाशित: १६ भाद्र २०८१ १५:२७ आइतबार

#Traffic Jam