समाज

बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा खालीखुट्टा हिँडेर प्रदर्शन (तस्बिरहरू)

बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको छ।

आइतबार अधिकारकर्मीहरुले माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरेका हुन्।

बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग  छ।

प्रकाशित: १६ भाद्र २०८१ १५:०७ आइतबार

#Badsaha Kurmi #Nirmala Kurmi #Rubi Khan #Nepali Congress