समाज

नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दै

नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्न लागेको छ। बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएको छ। तर, त्यस विपरीत आज दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिए पछि बारले परिषद् घेराउ गर्न लागेको हो।

सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ। वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार सिफारिस नगर्न भन्दै आएको छ।

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले उक्त नियमावलीको संशोधन नेपालको संविधानको धारा १४१ (३) विपरीत रहेकाले यसका आधारमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढाउन माग गरेका छन्।

प्रकाशित: १६ भाद्र २०८१ ०६:५७ आइतबार

#Nepal Bar Association