समाज

गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम हुँदै, प्रधानमन्त्री ओली सहभागी

नेकपा एमालेको सुदूरपश्चिम सम्पर्क कमिटीले शनिबार काठमाडौंमा गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम गरिरहेको छ । 

शनिबार दिउँसो ३ बजेबाट प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहने आयोजक कमिटीले जनाएको छ ।

प्रकाशित: १५ भाद्र २०८१ १४:०० शनिबार