समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः सामाजिक कार्यबाट सम्मान मिल्ने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक मिलनले मन प्रसन्न हुने देखिन्छ। शत्रु र रोगबाट सचेत रहनु होला। मित्रहरुबीच प्रेम सद्भाव रहनेछ।

वृष राशिः मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर रोग देखिन सक्छ। निर्माणसम्वन्धी व्यवसायमा लगानीबाट सफलता मिल्नेछ। उचित लाभ प्राप्त हुनेछ।

मिथुन राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको  छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। अर्थ आर्जनमा हल्का बाधा हुने योग देखिन्छ। कार्य गर्दा विचारपूर्वक गर्नुहोला।

कर्कट राशिः सरकारी काम प्राप्त हुने योग छ। फलामसम्बन्धी व्यवसायमा लगानी गरे मध्यम हुने छ। अध्ययनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। जल उद्योगमा लगानी सामान्य राम्रो हुन्छ।

सिंह राशिः विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन छ। व्यापारमा केही धन खर्च हुनेछ। केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। स्वास्थ्यमा केही विकार आउने देखिन्छ।

कन्या राशिः विलासी कार्यमा रुची नलिनु राम्रो छ। नवीन कार्यसिद्धिमा सामान्य शुभ छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार गर्नेलाई दिन मध्यम छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

तुला राशिः आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने समय छ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

वृश्चिक राशिः आर्थिक लाभ हुने दिन छ। विलासी खानपानमा रुचि नगर्नु वेश हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। वैदेशिक यात्राको समय देखिन्छ।

धनु राशिः पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा धन खर्च हुने योग छ। गृह निर्माणको योग छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। पढाइमा कार्यसिद्धि योग छ।

मकर राशिः पठन पाठनमा रुचि बढ्ने छ। परिवारको अग्रजबाट केही अर्थ लाभ हुन सक्ने छ। व्यापारव्यवसाय तथा नयाँ कार्यमा बिस्तार हुने दिन छ। सहयोग लिएर काम नगरी आफैं कार्य गर्नु होला।

कुम्भ राशिः व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। कार्यमा सामान्य बाधा हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। अध्ययनमा शुभ छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। यात्रा गर्नु राम्रो होला।

मीन राशिः सामान्य शिर रोग देखिन सक्छ। विलासी कार्यमा प्रवेश गर्नुपूर्व विचार पुर्याउनु होला। स्वजनबाट मध्यम लाभको योग छ। पढाइको क्षेत्रमा शुभ छ। व्यवसायमा कम फल प्राप्तिको समय छ।  

प्रकाशित: १५ भाद्र २०८१ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App