समाज

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

चितवन – दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको  कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्।

रामनगरको पानी ट्याङ्कीबाट गए राती १२ बजे नियन्त्रणमा लिइएको कन्टेनर पशु क्वारेन्टाइन चेक पोष्टलाई बुझाईएको छ।

प्रतिबन्धित कुखुराको मासु आयात गरिएको सूचनाको आधारमा कन्टेनरलाई नियन्त्रण लिइएको नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए।

फ्रेन्च फ्राई, हरियो केराउसँगै कुखुराको मासु र माछा कन्टेनरको भित्री भागमा लुकाएर ल्याइएको उनले बताए। अवैध आयात गरिएको सामग्री प्रहरीको रोहबरमा नष्ट गरिनेछ। कन्टेनरका चालक र सहचालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन्।

प्रकाशित: १९ चैत्र २०७४ ०६:१५ सोमबार

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा