समाज

मुख्यसचिवमा एकनारायण अर्याल

नेपाल सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नयाँ मुख्यसचिव बनाएको हो।

हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भदौ १५ भोलि शुक्रबार अवकाश पाउँदैछिन्  । यस अघि गड्तौला साउन १० गते मुख्यसचिव नियुक्त भएकी थिइन् ।

प्रकाशित: १३ भाद्र २०८१ २०:५४ बिहीबार