समाज

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ।

कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।

बुधवार रातिको पानिले राजमार्गमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जाममा परेका छन्। कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण पनि अलपत्र परेका छन्।

अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरी टोलीले समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउन प्रयास गरिरहेको बताईएको छ।  

यस्तै कर्णाली करिडोरको रेङलिल,फुग्गाडलगायतका ठाउँमा पनि पहिरोले सडक अवरुद्ध भएको छ।

प्रकाशित: १३ भाद्र २०८१ ०६:४९ बिहीबार

#Karnali Highway #kalikot