समाज

पोखराका २२३ वटा स्कुल बसमा जाँच, १७ वटा कारबाहीमा

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।

जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए।  जाँचका क्रममा सम्पूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घनगरी सवारी नचलाउन सम्झाइ बुझाइ गरिएको उनले बताए।  

प्रकाशित: ११ भाद्र २०८१ २१:४६ मंगलबार