समाज

मुग्लिन–आबुखैरेनी सडकखण्ड बिहानैदेखि बन्द

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड बिहानैदेखि बन्द भएको छ।

आबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि आज बिहान ६ः३० देखि नैउक्त सडकखण्ड बन्द गरिएको हो। करिब चार घण्टा उक्त सडक अवरुद्ध हुने बताइएको छ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

शनिवार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ। उनले भने, ‘सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ।’

पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्Þयु भएको थियो। दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८१ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App