समाज

भरुवा बन्दुकसहित जुम्लामा एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालयले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । 

जुम्लाको गुठिचौर गाउँपालिका-१ का ३२ वर्षीय सुर्यबहादुर महतारालाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। महतारा जुम्लाको पातारासी-५ लासी बजारमा मोटरसाइकल ग्यारेज खोलेर बसेका थिए।

महताराले अवैध भरुवा बन्दुक लुकाइछिपाइ गरेर राखेको सुचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदीलाल कामती बताउँछन्।

 कामतीका अनुुसार गुठिचौर-१ मौरे लेकस्थित जुम्लादेखि डोल्पा जाने सडकको ५० मिटर तल ढुंगाकाे ओढारमा लुकाइराखेको अवस्थामा बन्दुक बरामद गरिएको थियोे। उनका अनुसार बन्दुक तीन पार्टमा विभाजन गरेर सेतो प्लाष्टिकको बोरामा राखिएको अवस्थामा भेटिएको थियो।

अवैध बन्दुक प्रयोग गर्ने महतारा माथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । क्याप्सन: सार्वजनिक गरेको तस्बिर गाेल्डेन बुढा जुम्ला / नागरिक !

प्रकाशित: ९ भाद्र २०८१ १८:०७ आइतबार

#Bharuwa Banduk #Jumla News