समाज

घुमाउने बस दुर्घटनामा परी घाइते हुनेको संख्या १५ पुग्यो, २ को अवस्था गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या १५ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको छ।

घाइते भएका सबैजनाको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ।

सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गर्दा आज बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए।

दुर्घटनामा परेकाहरूको अहिले उद्धार भइरहेको उनले बताए। 

प्रकाशित: ९ भाद्र २०८१ ०८:२४ आइतबार