समाज

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको बस घुमाउनेमा दुर्घटना भएको पुष्टि

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुबहाक बस दुर्घटन हुँदा १२ जना घाइते भएका छन्। घाइते सबैजनाको उपचार चितवनमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए।

दुर्घटनामा परेकाहरूको अहिले उद्धार भइरहेको उनले बताए।  

प्रकाशित: ९ भाद्र २०८१ ०८:०७ आइतबार

#chitwan